पाल्पा । जिल्लाको बगनासकाली गाउँपालिकाले वडा गत रुपमा संचालन हुने योजनाहरुको सम्झौंता सुरु गरेको छ । आर्थिक वर्ष २०८०।०८१ को लागि विनियोजित बजेट अनुसारको योजनाहरुको बैंक खाता खोल्नृे तथा योजना सम्झौंता गर्ने कामको सुरुवात भएको गाउँपालिकाका उपाध्यक्ष हरीप्रसाद पाठकले बताउनुभयो ।
पाठकका अनुसार अहिले वडा नं. १ बाट योजना सम्झौंता गर्ने र बैंक खाता खोल्ने कामको सुरुवात भएको छ यसलाई अन्यवडाहरुमा समेत लैजाने बताउनुभयो ।
बगनासकालीले पालिका भित्र संचाmलन हुने वडा स्तरीय तथा पालिका स्तरीय योजनाको उपभोक्रा समिति गठन तथा योजनाहरुको लागि सम्झौंता सहितको कामहरु गरेको उहाँले बताउनुभयो ।
पालिकाले चैत भित्रै योजनाहरुको काम सक्ने गरेर तयारीको साथ कार्यक्रमहरु संचालन गरेको योजना अधिकृत भरतराज धिमिरेले बताउनुभयो । कार्यक्रममा उपाध्यक्ष पाठक, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, उपभोक्ता समितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८० ०८:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय