Erani Mahal
बडा दसैंकाे दिन, मान्यजनकाे हातबाट टीका, जमरा प्रसाद ग्रहण गर्ने क्रम चल्दै
Dashain-Tika
पाल्पा - आज वडा दशैंको मुख्य दिन विजयादशमी, घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मनाइँदैछ । आज बिहानैदेखि मान्यजनकाे हातबाट टीका, जमरा र फूलप्रसाद ग्रहण गर्ने क्रम चलिरहेकाे छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइएकाे छ । घटस्थापनाका दिन विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई आज मंगलबार विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ । आज देवी विसर्जनको साइत बिहान ११ बजेर ३७ मिनेटमा र टीका जमरा ग्रहण गर्ने उत्तम साइत ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङग निर्यायक समितिले जनाएको छ । विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि जनाइएको छ ।‘राज्य सन्चालकले भने साइतमै टीका लगाउनुपर्छ । त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ ।आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा–आमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको प्रसाद स्वरुप टीका, जमरा थापी उनीहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०  २०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update