पाल्पा – गाउँमा राखिएको लिङ्गे र चर्खे पिङ्ले दसैँमा रौनकता थपेको छ । जिल्लाको विभिन्न स्थानमा राखिएका लिङ्गे र चर्खे पिङ्ले रौनकता बढाएको स्थानीय बासिन्दाले बताएका छन् ।
स्थानीय युवा, महिला, विद्यार्थीले राखेका लिङ्गे र चर्खे पिङ्मा दसैँ मनाउन अहिले सहरबाट गाउँमा आएका मानिसहरू झुम्मिएका छन् । सहरबाट गाउँमा आएका मानिस पिङ्मा चढेर मनोरन्जन लिने गरेको माथागढी–४, झडेवाका वडाअध्यक्ष शंकर दर्लामीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँघरमा राखिएका लिङ्गे र चर्खे पिङ्मा चढ्न युवायुवती, किशोर–किशोरले सबैभन्दा बढी रमाइलो मान्ने गरेका छन् ।’
पिङ्ले गाउँमा मानिस तथा आफन्तलाई भेटघाट गर्न सहयोग समेत गरेको उहाँले बताउनुभयो । पिङ् खेल्न भनेर आएका साथीभाइ तथा आफन्तको भेटघाट समेत पिङ् खेल्ने स्थानमा भेटघाट भइरहेको उहाँले बताउनुभयो ।
पाल्पामा सदरमुकाम तानसेन, माथागढीको सराई, झडेवा, ताहुँ, पूर्वखोला, फोक्सिङ्कोटलगायतका स्थानमा चर्खे र लिङ्गे पिङ् राख्ने क्रम बढेको छ । पिङ्ले बालबालिका, किशोरकिशोरी, युवायुवती तथा जेष्ठ नागरिकलाई आकर्षित गरेको स्थानीय बासिन्दाले बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८० २०:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय