पाल्पा – डेङ्गुका कारण पाल्पामा थप एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको माथागढी गाउँपालिका–२, रुप्सेका ८४ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यो वर्ष पाल्पामा हालसम्म चार जनाले डेङ्गु संक्रमणबाट ज्यान गुमाएका छन् ।
तानसेनस्थित मिसन अस्पतालमा उपचारको क्रममा डेङ्गु सङ्क्रमित पुरुषको बुधबार दिउँशो मृत्यु मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्रकुमार गिरीले जानकारी दिनुभयो । गत असोज २७ गते अस्पतालमा भर्ना भएका पुरुषको पाँच दिनपछि अस्पतालमै मृत्यु भएको उहाँले बताउनुभयो ।
यसअघि तानसेन–६ का ६९ वर्षकी महिला, माथागढी–१, का ३५ वर्षका पुरुष र वालिङ् नगरपालिका–११ का ११ महिने बालिकाको मृत्यु भएको थियो । हालसम्म चारै जनाको मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८० १९:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय