पाल्पा – कैदीबन्दी रहेको पाल्पा कारागारको निरीक्षण गरिएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्व शर्माले कारागारको भित्री र बाहिरी क्षेत्रकाे निरीक्षण गर्नुभएको हो ।
सो क्रममा उहाँले कैदीबन्दीहरूको बसाइलगायत अन्य व्यवस्थापनबारे समेत जानकारी लिनुका साथै अवलोकन गर्नुभएको थियो । निरीक्षणका क्रममा आउदै गरेको विजयादशमी, तिहार छठलगायतका पर्वको शुभकामना आदानप्रदान गरिएको थियो ।
पाल्पा कारागारमा हाल २९५ जना कैदीबन्दी रहेका छन् । अनुगमनपछि प्रहरी प्रमुख शर्मा र कारागारका प्रमुख भगवानभक्त अर्याललगायतले कैदीबन्दीहरुसँगै खाना खानुभएको थियो । प्रहरी प्रमुखलगायतले बन्दीसँगै खाना खाएपछि कैदीबन्दी खुसी भएका थिए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८० १९:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय