पाल्पामा दुई जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु जिल्ला महाराजगन्ज नगरपालिका–६, का ३० वर्षीय इजमान खान र तानसेन–१, का ४० वर्षीय खुमबहादुर सार्की रहनुभएको छ ।
पाल्पाको रैनादेवी छहरा–२, सर्देवास्थित सिजी सिमेन्ट उद्योगमा काम गर्ने क्रममा खान घाइते हुनुभएको थियो । घाइते खानको उपचारको क्रममा तानसेनस्थित मिसन अस्पतालमा मङ्गलबार दिउँशो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
यस्तै सार्की भने आफ्नै घरको कोठामा मङ्गलबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८० २०:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय