Erani Mahal
पाल्पाका एक पुरूषमा देखियाे 'जापानिज इन्सेफ्लाइटिस'
926758-875816-mosquitoes-istock1635407536
पाल्पा – पाल्पामा एक जना पुरुषलाई जापानिज इन्सेफ्लाइटिस रोग देखिएको छ । बगनासकाली–२, पोखराथोकका ५६ वर्षीय पुरुषलाई जापानिज इन्सेफ्लाइटिस रोग सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । एक खालको लामखुट्टेको टोकाइबाट सर्ने यो रोग पाल्पामा एक दशकपछि देखिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टिकाराम अघिकारीले जानकारी दिनुभयो । सङ्क्रमित पुरुषको हाल लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । जापानिज इन्सेफ्लाइटिस सङ्क्रमित व्यक्तिमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, काप्ने, दिक्भ्रमित हुनेजस्ता समस्या देखिन्छ । पछिल्लो एक दशकयता यो रोग देखिएको थिएन । जापानिज इन्सेफ्लाइटिस रोग देखिएपनि स्थलगत निरीक्षण गरिएको र लक्षण देखिएको मानिसका बारेमा जानकारी लिइएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले बताउनुभयो । जापानिज इन्सेफालाईटिस भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइबाट यो रोग गर्ने डा. गिरीले बताउनुभयो । यो भाइरसबाट सङ्क्रमित सुंगुर–बंगुर, हाँस तथा जङ्गली पंक्षीलाई टोकेपछि लामखुट्टे सङ्क्रमित हुने र सोही लामखुट्टेले मानिसलाई टोक्दा रोग लाग्ने उहाँले बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update