Erani Mahal
पाल्पाको प्रभास र माडीमा पाइने ऐतिहासिक धान लोप हुँदै
Dhan
पाल्पा – पाल्पाको माडी र प्रभास क्षेत्रमा पाइने ऐतिहासिक परम्परागत धान लोप हुँदै गएको छ । जिल्लाको प्रभास माडी क्षेत्रमा पाइने निवारा र लिफिया, रुफिफोगन लगायतका धानहरु लोप हुँदै गएको विज्ञहरुले जनाएका छन् । प्रभास क्षेत्रमा स्थानीय जातको वासस्थान लोप भएको र अन्य झारहरुले ढाकेका कारण यस्ता ऐतिहासिक धानहरु लोप हुँदै गएको हो । प्रभास क्षेत्रमा मेडिकल कलेज स्थापना भएसँगै सिमसार क्षेत्र लोप हुँदै गएपछि ऐतिहासिक धानहरु समेत लोप हुँदै गएको हो । प्रभास क्षेत्रमा धान संरक्षण गर्नको लागि राष्ट्रिय जीव बैंक खुमलटार काठमाण्डौंको जिन बैंकले २० वर्षदेखि अध्ययन गरिरहेको छ । अनावश्यक झारको रुपमा काट्ने र संरक्षण गर्ने नहुँदा जंगली धानहरु लोप हुँदै गएको स्थानीयहरु बताउँछन् । लोपउन्मूख धानको संरक्षणमा स्थानीयसँगै जनप्रतिनिधिहरुले समन्वय गर्ने वडा अध्यक्ष प्रदिप खनालले बताउनुभयो । सिताकुण्ड, सुकेताल, माडी, गुडुवा लगायतको क्षेत्रमा धान हराउँदै गएको हो । प्रभास क्षेत्रमा धान संरक्षण गर्नको लागि राष्ट्रिय जीव बैंक खुमलटारबाट समेत जिन भिडाएर त्यसको संरक्षणको लागि यस क्षेत्रमा छर्ने योजना रहेको जिन बैंज्ञानिक बालकृष्ण जोसीले बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  ०८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update