Erani Mahal
दिव्यज्योति नमुना माविका विद्यार्थीले बनाए लठ्ठे पिङ
yye (1)
पाल्पा– जिल्लाको दिव्य ज्योति नमुना माध्यमिक विद्यालयले विद्यालयमा संस्कार र संस्कृति सहितको शिक्षाको लागि विद्यार्थीहरुलाई अभिप्रेरित गरेको छ । विद्यालयले पुराना लोपउन्मूख संस्कृतिलाई जगर्ने गर्नको लागि विभिन्न रचनात्मक काम गरेको हो । विद्यालयमा पुरानो सम्पदाको जर्गेनाको लागि मिनि संग्राहलय स्थापना गरिएको छ भने यस वर्ष विद्यार्थीलाई परम्परागत रुपमा लिंगे पिङ बनाएर विद्यार्थीलाई सिकाइएको छ । विद्यालयका प्रधानाध्यापक लोकेन्द्र थापाका अनुसार विद्यार्थीलाई सांस्कृतिक सम्पदा र संस्कारको जर्गेना गराउने उद्देश्यले विद्यालयले विभिन्न रचनात्मक कामहरु सिकाउँदै आएको बताउनुभयो । उहाँले अहिले बडादशैंको अवसरमा लिङ्गे पिङ् विद्यार्थी आफैले बाबियो खरको लाठो बाटेर निर्माण गरेका छन् । उहाँका अनुसार वर्षको एक पटक आउने महान चाड बडा दशैँका अवसरमा हाम्रो विद्यालयका एनसीसी (राष्ट्रिय सेवा दल) क्याडेट र स्काउटका विद्यार्थीहरुले विद्यालय परिसरमा पिङ् बनाएर तयारी गरेको बताउनुभयो । विद्यार्थीकाे सिकाइका लािग विद्यालयले विभिन्न रचनात्मक कामहरु थालनी गरेकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेखीराम रानाले बताउनुभयो । रानाको अनुसार विद्यालयमा भौतिकसँगै शैक्षिक र नैतिकता सहित सांस्कृतिक वातावरण निर्माणका लागि यस्ता रचनात्मक काम गरिएकाे बताउनुभयाे । विद्यालयमा पुरानो संस्कृतिका बारेमा विद्यार्थीलाई पढ्दै सिक्ने वातावरण मिलाउन पिङ स्थापना गरिएकाे हाे ।
प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update