पाल्पा - चाडपर्वको बेला गाउँ जाँदैहुनुहुन्छ ? घरमा फोरजी चल्छ? यदि चल्छ भने, नेपाल टेलिकमले गाउँमा जाँदा नमस्ते फोरजी वायरलेस राउटर लैजान सुझाएको छ ।
चाडपर्वको समयमा गाउँ गाउँमा जता पनि लैजान सकिने, लाइन नभएको बेला पनि चलाउन सकिने भएकाले कामका लागि बिभिन्न ठाउँमा हिडिरहनुपर्ने ब्याक्ति, भाडामा बस्ने विद्यार्थी, बिभिन्न पेशामा आवद्ध ब्याक्तिहरुलाई फोरजी कनेक्टिभिटी भएका ग्रामिण क्षेत्रमा यो सेवा प्रभावकारी हुने प्रभावकारी हुने नेपाल टेलिकम दुरसञ्चार कार्यालय पाल्पाका कार्यालय प्रमुख ढाकाराम पैड्यालले बताउनुभयो ।
नेपाल टेलिकमको Namaste 4G वायरलेस वाइफाइका विशेषताहरु –
१) NT 4G नेटर्कमा चल्ने ।
२) घर, अफिस तथा आफ्नो अनुकूलतामा प्रयोग गर्न् सकिने ।
३) १० जनासम्म, १० वटा मोबाइल मज्जाले चलाउन सकिने ।
४) ४/५ घण्टा ब्याट्री ब्याकप भएको ।
५) सोलार सिस्टमको उर्जाले पनि काम दिने ।
६) अत्यन्तै सस्तो दरमा वार्षिक तथा अर्धबार्षिक प्याकेज भएको ।
७) आवश्यकता अनुसार लाइन फोन जोड्न मिल्ने ।
८) दुर्गममा वा दुरदराजका बस्तीका लागि अत्यन्तै उपयोगि ।
९) जडान गर्न तथा सजिलो र सरल ।
१०) घरमै बसेर शिक्षक सेवा तथा लोकसेवा र अन्य अनलाइन क्लास लिन सकिने ।
११) राम्रो स्पीड रेन्जम भएको ।
१२) गाउँ र शहरको दुरी घटाउने र निकटतम् सम्बन्ध राख्ने ।
१३) गाउमा बुबा आमासँग देश प्रदेशबाट प्रत्यक्ष कुरा गर्न सकिने ।
१४) मनोरञ्जनका लागि पनि सहयोगी माध्यम भएको ।
१५) करिब ५० मिटरसम्म रेन्ज एरिया भएको ।
१६) समयको बचत एवम् सेवामा विस्तार गर्न मद्धत गर्ने ।
यो वायरलेस इन्टरनेट सेवाले अप्टिकल फाइबर इन्टरनेट नपुगेका ग्रामिण क्षेत्रमा ब्रोडब्यान्ड कनेक्टिभिटी प्रदान गर्नेे नेपाल टेलिकम पाल्पाका सुचना अधिकृत श्रीराम रेग्मीले जानकार दिनुभयो । साथै उहाँले दशै विदाको समयमा पनि कार्यालय खुला रहने र यो डिभाइस लिन सकिने बताउनुभयो । नेपाल टेलिकमले बेसिक तथा प्रिमियम अनलिमिटेड डाटा सहित भ्वाइस प्याकेजहरू पनि उपलब्ध गराएको छ ।
यसबारे थप जानकारी लिन नेपाल टेलिकमको वेवसाइट https://www.ntc.net.np/post/namaste-wi-fi मा गई हेर्न सकिने छ ।
प्रकाशित मिति: शनिबार, असोज २७, २०८० ०८:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय