पाल्पा । जिल्लाको माथागढीका विभिन्न स्थानमा बजार अनुगमन गरिएको छ । गाउँपालिको कार्यक्षेत्र भित्र रहेका वडा नं. १,२,३ र ६ का विभिन्न पसलहरुमा अनुगमन गरिएको गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बताउनुभयो ।
चाडपर्व नजिकिँदै गर्दा उपभोक्ताहरुलाई अखाद्य पदार्थको जोखिम कम गर्न बजार अनुगमन गरिएको हो । अनुगमनमा सराई, खहरे, रुप्से, गोठादीलगाएतका स्थानका पसलहरुमा अनुगमन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद घिमिरेले जानकारी दिनुभयो । आज गरिएको अनुगमनमा म्याद नाघेका ९ हजार १ सय रुपैंया बराबरको खाद्य तथा पेय पदार्थ जफत गरि नष्ट गरिएको घिमिरेले बताउनुभयो ।
पालिकामा व्यवसाय विस्तार र प्रवद्र्धनसँगसँगै बजारमा व्यावसायिक गतिविधि वैध, स्वच्छ र प्रतिस्पर्धी हुनुपर्ने भन्दै नजिकै आइरहेको दसैँ, तिहार र छठपर्वजस्ता ठूला चाडपर्वमा धेरै असर पर्ने भएकाले अनुगमन तिब्र पारिएको गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले बताउनुभयो ।
अनुगमन समितिका संयोजक तथा गाउँपालिका उपाध्यक्ष बिष्णुमाया लुङ्चेले आयातमुखी अर्थतन्त्र भएको देशमा बढी आयात हुने भएकाले पनि अनुगमन अत्यावश्यक भएको बताउनुभयो । वडा नं. ३ का वडाध्यक्ष तेज बहादुर घर्तीले चिनी, गहुँ, चामल आदि जस्ता अत्यावश्यक उपभोग्य वस्तुको आपूर्तिमा कमी भई मुल्य वृद्धि गरिएको गुनासो बढ्न थालेपछि अनुगमन गरिएको बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८० १९:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय