Erani Mahal
पाल्पा अस्पतालका मेसु डा. बन्जाडेकाे तीन दिनमै सरूवा
palpa aspatal30
पाल्पा – पाल्पा अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट किशोर बन्जाडेको तीन दिनमै सरुवा भएको छ । सङ्घीय सरकारले पाल्पा अस्पतालको मेडिकल सुपरीटेन्डेन्ट जिम्मेवारी दिएर पठाएको डा. बन्जाडेलाई लुम्विनी प्रदेश सरकारले तीन दिनमै सरुवा गरेको हो । पछिल्लो समय सुध्रिदै गएको पाल्पा अस्पतालको सेवा सुधारका लागि डा. बन्जाडेको भूमिका महत्वपूर्ण रहने विस्वास गरिएको थियो । तर उहाँको तीन दिनमै सरुवा गरिएपछि पाल्पा अस्पताल व्यवस्थापन पक्ष निरास बनेको छ । पाल्पाका लागि अत्यावश्यक चिकित्सकको तीन दिनमै सरुवा गर्दा आफूहरू अचम्ममा परेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गुँरास आत्रेयले बताउनुभयो । पाल्पा अस्पतालको सेवा सुधारका लागि सबै क्षेत्रबाट सहयोग हुनुपर्नेमा सङ्घीय सरकारले पठाएको चिकित्सकलाई तीन दिनमा सरुवा गरेपछि आफूहरू आश्चर्यमा परेको उहाँले बताउनुभयो । बन्जाडकोको सरुवा रोक्नका लागि सर्वपक्षीय र सर्वदलीय बैठक बसेर सरुवा रोक्न मुख्यमन्त्रीलाई समेत जानकारी गराइएको थियो । तर त्यसले सार्थकता नपाएको र डा. बन्जाडेको सरुवा नरोकिएको अध्यक्ष आत्रेयले बताउनुभयो । अध्यक्ष आत्रेयले डा. बन्जाडेकाे सरूवा भएपनि अस्पतालकाे सेवामा भने कुनै कमी नहुने र अन्य चिकित्सकहरूबाट गुणस्तरीय सेवाप्रवाह भइरहने बताउनुभयाे । डा. बन्जाडेको सरुवा रोक्न प्रदेश सभाका सदस्यहरू वीरबहादुर राना, खेमबहादुर सारुसहित जिल्लास्थित राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरूको बैठक बसेर मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई आग्रह गरिएको थियो । डा. बन्जाडेको गुल्मी जिल्ला अस्पतालका सरुवा भएको छ । उहाँ बुधबार गुल्मी अस्पतालमा हाजिर हुनुभएकाे छ । डा. बन्जाडे विशेषज्ञ अनुभव भएको एघारौँ तहको चिकित्सक रहनुभएको थियो । पछिल्लो समय तानसेनको मिसन अस्पताल र लुम्विनी मेडिकल कलेजमा वीमा सेवा अन्तर्गतको सेवा बन्द भएपनि पाल्पा अस्पतालमा बिरामीको भीड लाग्ने गरेको छ । बिरामीको चापलाई मध्यनजर गर्दै बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म ओपिडी सेवा सुचारु गरेको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  २०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update