Erani Mahal
तानसेनकाे बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन
yatru sahayeta
पाल्पा - तानसेनकाे बसपार्कमा यात्रु सहायता कक्ष संचालनमा ल्याइएकाे छ । चाडपर्वकाे समयमा बसपार्क क्षेत्रमा हुन सक्ने गैरकानुनी क्रियाकलाप र यात्रुहरूकाे सहायताका लागि प्रहरीले ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याएको छ । तानसेनको बसपार्कमा बुधबारदेखि सञ्चालनमा आएको यात्रु सहायता कक्षबाट यात्रुलाई सहज यात्राका लागि सहयोग गर्ने, दुर्घटना सम्बन्धी सचेत गराउने तथा अन्य आवश्यक सहयोग गर्ने योजना रहेको पाल्पाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेरम्व शर्माले जानकारी दिनुभयाे । दशै, तिहार, नेपाल सम्वत तथा छठ पर्वका बेला यात्रुहरूको चाप बढी हुने भएकाले तानसेनको बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको उहाँले बताउनुभयो । सहायता कक्षबाट चौबिसैँ घण्टा प्रहरीले यात्रुलाई आवश्यक सहयोग र समन्वय गर्ने उहाँले बताउनुभयो । यात्रु सहायता कक्षको उद्घाटन गर्नुहुँदै पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले चाडपर्वका बेला प्रहरीको सक्रियता सह्रानीय रहेको बताउनुभयो । यस्तै पाल्पाको रामपुरमा पनि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।
प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  २०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update