पाल्पा - क्याम्पस परिसरभित्र नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर स्थापना गरिएको छ । जिल्लाकै पुरानो त्रिभुवन बहुमुखी क्याम्पस परिसरमा बैँकको एक्सटेन्सन काउन्टर स्थापना गरी सञ्चालनमा ल्याइएको हो ।
क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू, कर्मचारी तथा प्राध्यापकहरूलाई लक्षित गरी काउण्टर सञ्चालन गरिएको नेपाल बैँकका लुम्विनी प्रमुख शुसिल नेपालले बताउनुभयो । एक्सटेन्सन काउण्टर सञ्चालनपछि बैँकको अधिकांश सेवा लिन क्याम्पस परिसरमा सहज हुने उहाँले बताउनुभयो ।
क्याम्पस परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनले यहाँ अध्ययन्रत दुई हजार बढी विद्यार्थी तथा अन्य सेवाग्राहीलाई बैङ्किङ् सेवा लिन सहयोग पुग्ने क्याम्पस प्रमुख टंक भट्टराईले बताउनुभयो । बैङ्कले जिल्लाका विभिन्न स्थानमा काउण्टर सञ्चालन गर्दै आएको छ ।
उद्घाटन समाराेहमा तानसेन वडा नं. ६ का अध्यक्ष सागरमान महर्जन, स्वतन्त्र विद्यार्थी युनियनका सभापति कृष्ण अर्याललगायतकाे सहभागिता रहेकाे थियाे ।
प्रकाशित मिति: बुधबार, असोज २४, २०८० २०:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय