Erani Mahal
पाल्पामा चार वर्षमा सवारी दुर्घटनाबाट १ सय ९ जनाको ज्यान गयो
accd
पाल्पा– पाल्पामा सवारी दुर्घटनाबाट गएको चार वर्षमा १०९ जनाले ज्यान गुमाएका छन् । चार वर्षको अबधिमा २२४ वटा सवारी दुर्घटना भएकोमा १०९ जना यात्रुले ज्यान गुमाउन परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पछिल्लो समय जोर्तेमा सुख्खा पहिरो झरेर तीन जनाको मृत्यू भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आव २०७९÷०८० मा ४७ सवारी दुर्घटना हुँदा ३९ जनाले ज्यान गुमाएका छन् । यस्तै आव २०७८/०७९ मा ६५ सवारी दुर्घटना परेकोमा २५ जनाले ज्यान गुमाएका थिए । यस्तै आर्थिक २०७६/०७७ मा ५१ सवारी दुर्घटनामा २३ र आर्थिक वर्ष २०७७/०७८ मा ६१ सवारी दुर्घटनामा २२ जनाले ज्यान गुमाएका छन् । यसरी दुर्घटनामा हरेक वर्ष बढेको छ । पछिल्ला वर्षहरूमा दुर्घटनाको सङ्ख्या र दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको प्रहरीको भनाई छ । दुर्घटना बढ्नुमा जीर्ण सडक, चालकको लापरवाही, तीव्र गति, सवारी साधनको अवस्था, मादक पदार्थ सेवन (मापसे) प्रमुख कारण हुन् । यसका साथै सवारीसाधन बढ्नु पनि दुर्घटनाको अर्को कारण रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हेरम्व शर्माले जानकारी दिनुभयो । अधिकांश सडक दुर्घटनामा भने चालकको लापरबाही देखिएको प्रहरीले जनाएको छ । उहाँले भन्नुभयो, ‘अधिकांश दुर्घटनामा चालकको लापरबाही देखिन्छ, चालक सचेत भएको अवस्थामा दुर्घटना कम भएको छ ।’ दुर्घटना न्युनीकरणका लागि विभिन्न अभियान सञ्चालन गरेपनि अटेर गरेर सवारी हाक्ने क्रम बढेको ट्राफिक प्रहरी प्रमुख राजकुमार चापागाइले बताउनुभयाे ।
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update