Erani Mahal
रामपुरमा दुर्घटना न्यूनिकरणका लागि सडक छेउका रुख कटान
received_6748721345220838
पाल्पा - रामपुर नगरपालिकाले सडकको दायाँवायाँ रहेका रुख , विरुवा र वुट्यान कटानी छटानी गरेको छ । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको संयोजकत्वमा नगर भित्रका सडकको छेउछाउमा रहेका रुख विरुवा फडानी गर्ने अभियान शनिबार देखि सुरु गरेको हो । कटानी छटानी एवं सरसफाई कार्यक्रम अन्तर्गत रामपुर नगरपालिकाको वेझाँड बजार देखि किसानबारी सम्म र कालिगण्डकी करिडोर अन्तर्गत वडा नं. ५ को मटेरी देखि वडा नं. ८ को तुरुन्दी खोला पुल सम्मको सडकका दायाँवायाँ रहेका रुख ,विरुवा र वुट्यान फडानी गरेको छ । सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि सडकको दायाँवायाँ रहेका रुख विरुवा र बुट्यानहरु फडानी गर्ने कार्यक्रम गरिएको नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो । सडक छेउछाउमा रहेका रुख विरुवाले सवारी आवागमन छेकिने र दुर्घटना हुन सक्ने भन्दै यो अभियान थालिएको नगर प्रमुख थापाले बताउनुभयो । साथै उहाँले नगरपालिका भित्रका सडकको दायाँवायाँ रहेका रुख विरुवा तथा वुट्यानका कारण सडक दुर्घटना निम्त्याउन सक्ने हुँदा सडकको दायाँवायाँ रहेका उक्त रुख विरुवा सम्बन्धित व्यक्तिले कटानी गर्न अनुरोध समेत गर्नुभएको छ । अगाडीको बाटो नै छेकिने गरी सडकको दायाँवायाँ रहेका रुख र बुट्यान सेना , प्रहरी , कर्मचारी र सरोकारवालाहरुको सभागितामा फडानी गरिएको वडा नं. ५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेलले जानकारी दिनुभयो । यस्तै वडा नं. ७ का अध्यक्ष दोवराज तिवारीले सडक सुरक्षा र चाडवर्पको समयमा हुने सवारी आवागमनलाई मध्यनजर गर्दै गरिएको कटानी छटानीले दुर्घटना न्यूनिकरणमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । ईलाका प्रहरी कार्यालय रामपुर , सुरक्षा वेस क्याम्प रामपुर , जनप्रतिनिधि , कर्मचारी र अन्य सरोकारवालाहरुको सहभागितामा फडानी तथा सरसफाई गरेको हो ।
प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update