पाल्पा – जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले वडा वस्ती स्तरमै गएर जनतालाई सेवा दिने भएको छ । पालिकाले एकिकृत घुम्ति शिविर मार्फत सबै वडामा पुगेर पालिकाको सेवा दिने गाउँपालिकाको अध्यक्ष रुक्मागत भट्टराईले बताउनुभयो ।
उहाँका अनुसार शिविरमा योजना सम्झौंता, घटना दर्ता, अपाङ्गगता परिचयपत्र वितरण, निशुल्क स्वास्थ्य शिविर, व्यवसाय दर्ता, नविकरण लगायतका कार्यक्रमहरु गरिनेछ ।
पालिकाले यस वर्ष असोज मसान्तभित्रै योजनाहरुको सम्झौंता गरेर समयमै फरफारक हुने गरी काम गर्ने योजना बनाएको उपाध्यक्ष युवराज थापाले बताउनुभयो ।
शिविरमा योजना सम्झौंता, घटना दर्ता, अपाङ्गगता परिचयपत्र वितरण, निशुल्क स्वास्थ्य शिविर, व्यवसाय दर्ता, नविकरण लगायतका साना तिना कामको लागि पालिकामा दुख पाउन नपरोस भनेर वडा र वस्तीमै पुगेर सेवा दिन थालिएको गाउँपालिकाका प्रशासकीय अधिकृत दिनेश सारुले बताउनुभयो ।
सारुका अनुसार शिविर वडा नं. १ को सिद्धेश्वरबाट २१ गते सुरुभई ३० गते वडा नं. ८ को सत्यवतीबाट समापन हुनेछ ।
प्रकाशित मिति: शनिबार, असोज २०, २०८० ०८:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय