पाल्पा - जिल्लाको रम्भा गाउँपालिकाको सहकारीबाट एक वर्षमा तीन कराेड बढीकाे खसीबाेका विक्री वितरण गरेका छन् । गाउँका ३ वटा सहकारीले खसीबोका बिक्री गरेर पौने तीन करोड रुपैंया आम्दानी गरेकाे जनाएका छन् ।
पालिकाले सहकारी मार्फत किसानलाई प्रतिकिलो ५० रुपैंया अनुदान वितरण गरेपछि किसानमा उत्साह थपिएकाे गाउँपालिका अध्यक्ष बिष्णु भण्डारीले बताउनुभयो । अध्यक्ष भण्डारीले सहकारीलाई खसीबोका संकलन तथा बिक्री गरेवापत प्रतिकिलो २ रुपैंया र मसलन्द खर्च वापत बार्षिक एकमुष्ठ १५ हजार रुपैंया दिने गरेको बताउनुभयो ।
गाउँपालिकाका ३ वटा सहकारीले खसीबोका बिक्री गरेर २ करोड ७२ लाख ३० हजार रुपैंया आम्दानी गरेका हुन् । किसानहरुले सहकारी मार्फत पौने ३ करोडको खसीबोका बिक्री गरेका हुन् । गत आर्थिक बर्षमा गाउँपालिकाको वडा नं. २ को उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थाले १ करोड ८० लाख रुपैंयाको खसीबोका बिक्री गरेको हो ।
त्यस्तै वडा नं. ३ को पिपलडाँडा सामाजिक उद्यमी महिला सहकारी संस्थाले गत आर्थिक बर्षमा ४९ लाख ५० हजार रुपैंयाको खसीबोका बिक्री गरेको छ भने वडा नं. १ को रम्भादेवी सानाकिसान कृषि सहकारी संस्थाले ३७ लाख ८० हजार रुपैंयाको खसीबोका बिक्री गरेको छ ।
उपहारले १३०० वटा खसीबोकाको ३६ हजार केजी, पिपलडाँडाले ३६० खसीबोकाको १० हजार ३ सय ३० केजी र साना किसानले २४० खसीबोकाको ८ हजार ४ सय केजी जिउँदो तौल गरी बिक्री गरेको गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८० १९:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय