पाल्पा - जिल्लाको माथागढी गाउँपालिका वडा नं ३ कसेनीमा सार्वजनिक सुनुवाइ गरिएको छ । माथागढी गाउँपालिकाको ०७९/८० को कार्यक्रम अन्तर्गत वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाइ गरिएकाे हाे ।
समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष तेज बहादुर घर्तीमगरले सामाजिक सुरक्षा भत्ता नवीकरण तथा वितरण, नदी नियन्त्रण, विद्युत् तार, पोल र लाइन विस्तार, सडक बत्ती व्यवस्थापन, वृक्षारोपण, मसला उद्योग भवन निर्माण, श्रमदान, खेल सामग्री वितरण, निःशुल्क स्वास्थ्य बिमा, विभिन्न सङ्घसंस्थाहरू सँग सहकार्यलगायतका विषयमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले जनताकाे गुनासाे तथा सुझावलाइ आगामि दिनहरुमा सम्बाेधन गरिने बताउनुभयाे ।
सहभागीहरूको जिज्ञासा मेट्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले नागरिकको दुख र पसिनाले निर्मित संरचनालाई व्यवस्थित र संरक्षण गर्न आवश्यक भएको बताउनुभयो । उहाँले पालिकाले सुसासन र पार्दशितालाइ पहिलाे प्राथमिकता राखेर काम गरेकाे बताउनुभयाे ।
कार्यक्रममा सहभागीहरूले स्वास्थ्य सेवा, रोजगारी, उपभोक्ता समिति, शैक्षिक पूर्वाधार, उत्पादनमुखी शिक्षा, पर्यटन, नाली तथा सडक व्यवस्थापन, कृषि, पशुपालन, योजना प्रक्रिया, भुक्तानी प्रक्रिया, लक्षित वर्गका योजना, खानेपानी, बस्ती विकास, फोहर मैला व्यवस्थापन, सूचना तथा सञ्चार लगायतका विषयमा प्रश्न, जिज्ञासा र सुझाव व्यक्त गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८० १९:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय