पाल्पा- भाेलि शनिवार २० गते पाल्पा जिल्लाभर विद्युत प्रशारण अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले एक सूचना जारी गर्दै विद्युत अवरुद्ध हुने जनाएको छ । ३३ केभि लाइनवरपरका रुख कटान गर्नकाे लागि विद्युत काट्न लागेकाे केन्द्रले जनाएकाे छ ।
केन्द्रले पाल्पा वितरण केन्द्र अन्तर्गतको ३३ केभि लाइन बजार, पूर्व तथा पश्चिम फिडरकाे लाइनमा विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म पावर टान्सफर्मर बदली गर्ने काम भएकाले विद्युत अवरुद्ध हुने जनाएको छ ।
जिल्लामा पटक पटक विद्युत जाने समस्यामा भने कार्यालयको ध्यान जान नसकेकाे उपभोक्ताहरुले गुनासो गर्दै आइरहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८० १९:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय