पाल्पा - सीता मा.वि. बगनासकाली गा.पा.-६ यम्घा पाल्पाको ६३ ओैं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएकाे छ । विद्यालयका वि.व्य.स.अध्यक्ष जयराम बस्यालकाे अध्यक्षतामा भव्य र सभ्य तरिकाले सम्पन्न भएकाे छ।
कार्यक्रमका प्रमुख अतिथि पाल्पा क्षेत्र न.२ का संघीय संसाद ठाकुर प्रसाद गैरे,विशिष्ट अतिथिमा पाल्पा क्षेत्र न.-२ (क) का प्रदेश संसाद वीर ब. राना,अतिथिहरुमा बगनासकाली गा.पा.का उपाध्यक्ष हरि पाठक,बगनासकाली गा.पा.का प्रवक्ता टीका बहादुर थापा,यसै वडाका वडा अध्यक्ष लक्ष्मी अभिकारी,वडा न.५ का वडा अध्यक्ष, वडा न.६ का वडा सदस्य,विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि ज्यूहरु,छिमेकी विद्यालयका प्र.अ.तथा शिक्षक प्रतिनिधि ज्यूहरु,अक्षयकाेष तथा चन्दादाता ज्यूहरु तथा अभिभावक ज्यूहरुकाे गरिमामय उपस्थितिमा कार्यक्रम सम्पन्न भयाे ।
विद्यालयका सम्पूर्ण जानकारी सहित विद्यालयका प्र.अ. श्री तेज राज पाण्डेय सरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे। २०७९ सालकाे SEE परीक्षामा ऐच्छिक गणित र अनिवार्य नेपाली विषयमा 4 GP सहित 3.55 GPA प्राप्त गर्ने विद्यार्थी गाैरव बस्याललाई उत्कृष्ट विद्यार्थी र अनिवार्य नेपाली र ऐच्छिक गणित विषय अध्यापन गर्नु हुने प्रअ./ शिक्षक तेजराज पाण्डेय र लेखनाथ बस्याललाई विद्यालयले उत्कृष्ट शिक्षककाे रुपमा सम्मान गरेका थिए । विद्यालयका शिक्षक श्री खुम प्रसाद सारुकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रम,विद्यालयका शिक्षक श्री रेश्मी राज बस्याल सरले गर्नु भएकाे थियाे ।
बागनासकाली -६ थामडाँडा निवासी श्री ङन कुमारी बस्यालले आफ्नाे स्व. छाेरी कमला भट्टराई (पाल्पा छेर्लुङ्ग) काे सम्झनामा पाँच हजारकाे अक्षयकोष स्थापना गर्नु भएकाे छ । यस्तै ज्ञानु बराल र रम्भा वि क ले कक्षा १-५ सम्मका ५/५ जना विद्यार्थीहरुलाई क्रमशः स्टेसनरी सामग्री र झाेला वितरण गर्नुभएकाे थियाे ।
वि.व्य.स. सदस्य टंकनाथ न्याैपानेले बालकक्षाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेकाे शिक्षक खुम प्रसाद सारुले रानीमहललाइ जानकारी दिनुभयाे ।
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८० ०८:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय