Erani Mahal
पाल्पाका सरकारी कार्यालयहरूकाे वार्षिक समीक्षा
mmmm
तानसेन – जिल्लास्थित दश वटा स्थानीय तह र सरकारी कार्यालयहरुको वार्षिक समीक्षा कार्यक्रम सकिएको छ । पाल्पाका स्थानीय तहले गत आर्थिक वर्ष २०७९÷०८० मा गरेका कामको प्रस्तुती राखिएको थियो । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुले पालिकाको वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । यस्तै जिल्लास्थित २० वटा सरकारी कार्यालयहरुले पनि गत वर्ष गरेका वित्तीय र भौतिक प्रगतिको बारेमा प्रस्तुती राखेका थिए । जिल्लास्थित सरकारी कार्यालयहरुका प्रमुखहरुले आ–आफ्नो प्रस्तुती राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि लुम्विनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले स्थानीय तह आफै सक्षम बन्नुपर्ने धारणा राख्नुभयो । स्थानीय सरकार आफ्नै आन्तरिक स्रोतले चल्न सक्ने हुनुपर्ने र त्यसतर्फ सबैको ध्यान जान जरुरी रहेको उहाँले बताउनुभयो । यस्तै प्रतिनिधिसभाका सदस्य ठाकुर गैरेले सरकारको न्युनतक कार्यक्रम लागू गर्दा जनताको चाहना र आवश्यकतालाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो । यस्तै अर्का प्रतिनिधिसभाका सदस्य नारायणप्रसाद आचार्यले पाल्पाको विकासका लागि आएका रकमलाई पारदर्शी रुपमा खर्च गर्न सरकारी निकायले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा राष्ट्रिय सभाका सदस्य राजेन्द्रलक्ष्मी गैरे, प्रदेश सभाका सदस्य वीरबहादुर राना, प्रदेशसभाका सदस्य खेमबहादुर सारु, अर्का प्रदेशसभाका सदस्य इन्द्राकुमारी गहतराज, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्ताेला, जिल्ला विकास समितिका पूर्व सभापति झपेन्द्रबहादुर जिसी, नेपाली कांग्रेसका उपसभापति झपेन्द्र गहिरे, एमालेका अध्यक्ष धनेन्द्रराज घिमिरे, माओवादी केन्द्रका जिल्ला संयोजक राजेन्द्र विश्वकर्मा, राप्रपाका अध्यक्ष डुलबहादुर कुँवरले धारणा राख्नुभयाे । यस्तै रास्वाका उपसभापति सुमन गैरे, जनमोर्चाका अध्यक्ष विशाल दर्लामी, तानसेन ९ का वडाअध्यक्ष राजेशकुमार अर्याल, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानालगायतले बोल्नुभएको थियो । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालको अध्यक्षता, उपप्रमुख काशिका ज्ञवालीको स्वागत र समन्वय समितिकी शाखा अधिकृत भावना पोखरेलको संचालनमा सम्पन्न भएको हो ।
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  २१:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update