पाल्पा – जिल्ला अस्पतालको विकास र स्तरोन्नतीका लागि तालुकदार मन्त्रालय लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्रीसँग छलफल गरेको छ । तालुकदार मन्त्रालयका मन्त्री राजु खनाल संग छलफलअस्पतालको विकासको लागि सर्वपक्षिय छलफल गरेको अध्यक्ष गुराँस आत्रेयले बताउनुभयो ।
पाल्पामा क्रियाशिल राजनैतिक दलका प्रमुख, प्रतिनिधी र पत्रकारहरु संग अस्पतालको विकास बारे छलफल भएको हो । छलफलका क्रममा स्वास्थ्यमन्त्री खनालले ग्रामीण जिल्लाका अस्पतालमा डाक्टर पठाउन निकै चुनौती रहेको बताउनुभयो ।
मन्त्री खनालले संविधानमा व्यवस्था भएको निशुल्क शिक्षा र स्वास्थ्य पुरा गर्न साधन र स्रोतको कारणले समस्या भएको बताउनुभयो । पाल्पा अस्पतालमा बजेट अभाव नभएको भन्दै मन्त्री खनालले जमिनको समस्या समाधान गर्नुपर्ने बताउनुभयो । भौतिक पुर्वाधारको कमी भएमा अन्य विकास गर्न नसकिने भन्दै मन्त्री खनालले उक्त समस्याको समाधान गर्न आफु लागिपर्ने बताउनुभयो ।
मन्त्री खनालले ग्रामिण क्षेत्रका अस्पतालमा डाक्टरहरुको सहज पहुँच पुर्याउन मन्त्रालयले यसबर्ष थप बजेट विनियोजन गरेको र केही सहज हुने विश्वास लिएको बताउनुभयो । कार्यक्रममा अस्पतालका अध्यक्ष गुरास आत्रेयले सबैको सहमती हुँदा पनि अस्पताल र मोहनकन्या माविको जग्गा साटफेरको विषय निष्कर्षमा पुर्याउन नसकिएको बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, असोज ६, २०८० ११:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय