Erani Mahal
तिनाउ गाउँपालिकामा नेपालको संविधान विषयक अन्तरक्रिया
t
पाल्पा - संविधान दिवस २०८० को अवसरमा तिनाउ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दोभान पाल्पाको आयोजनामा नेपालको संविधान विषयक अन्तरक्रिया कार्यक्रम मनाइएको छ । सो कार्यक्रममा तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै श्रेष्ठले भने संविधान उल्लेख भएको शक्ति बाँडफाँड संविधान र व्यवहारमा मेल खाएको छैन, संघीय तथा प्रदेश सरकारको हस्तक्षेप स्थानीय सरकारमा बढेको छ संविधानको मर्म अनुरुप कार्यसम्पादन गर्नुपर्छ। प्रत्यक्ष जनतासँग सहकार्य गरेर काम गर्नुपर्ने त्यसको लागि स्थानीय सरकारको भूमिकालाई बुझ्नुपर्ने श्रेष्ठले बताउनुभयाे । स्वागत मन्तव्य व्यक्त गर्दै तिनाउ गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापाले संविधान दिवसको अवसरमा साँझ दीप प्रज्ज्वलन गर्न अनुरोध गरे । उनले संविधान कार्यान्वयन गर्न स्थानीय निकाय कटिबद्ध रहेको तर प्रदेश तथा संघले सोही मुताबिक काम र जनविश्वास जित्नुपर्ने बताउनुभयाे । संविधान ढुङ्गामा लेखिएको अक्षर नभएर परिवर्तन गर्न सकिने दस्तावेज भएको बताउँदै तिनाउ गाउँपालिका शिक्षा समिति सदस्य तथा लेखक साहित्यकार दलबहादुर गुरुङले समय सापेक्ष संविधान संशोधन गर्दै सबैलाई समेट्न सक्नुपर्ने बताउनुभयाे । पालिकाका प्रमुख प्रशाकीय अधिकृत लेख बहादुर बस्नेतले नेपालमा संविधान विकासक्रम, संविधानको महत्त्वबारे जानकारी दिदै दिवस केन्द्रित विभिन्न कार्यक्रम गरिएको र गर्ने बताउनुभयाे । कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला कमिटी सदस्य विष्णुप्रसाद पाण्डे, तिनाउ गाउँपालिका शिक्षा समिति सदस्य तथा दोभान मा वि व्यवस्थापन समिति अध्यक्ष राजेश श्रेष्ठ, नेकपा एमाले तिनाउ गाउँपालिका अध्यक्ष रोमबहादुर लम्तरी, माओवादी केन्द्र तिनाउ अध्यक्ष दिनेश जि सी, मस्याम एकीकृत क्याम्पसका प्राचार्य गोपाल श्रेष्ठ लगायतले आ-आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा स्थानीय बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधि, गाउँपालिकाका कर्मचारी संघसंस्थामा प्रतिनिधि तथा सरोकारवालाको उपस्थिति रहेको थियो । संविधान दिवसको दिन बिहान पालिका कार्यालय परिसरमा सरसफाइ कार्यक्रम गरिएको छ भने तीन दिनसम्म दीप प्रज्ज्वलन कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update