पाल्पा - रामपुर नगरपालिकाले गाँडाकोट स्वास्थ्य चौकी र गेझा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । नगरपालिकाले खरिद गरेको तथा नगरपालिकाको मातहतमा रहेको एम्बुलेन्स स्वास्थ्य चौकीहरुलाई सोमबार एम्बुलेन्स प्रदान गरेको हो ।
रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापा र उपप्रमुख बालकुमारी थापाले एम्बुलेन्सको चावी प्रदान गरी एम्बुलेन्स हस्तानान्तरण गरेको हो ।
गाँडाकोट स्वास्थ्य चौकीको लागि रामपुर १ का वडा अध्यक्ष कपिल बहादुर खाँण, गाँडाकोट स्वास्थ्य चौकीका प्रमुख मजिवुर रहमान शेख र चालकलाई, गेझा स्वास्थ्य चौकीको लागि रामपुर १० का वडा अध्यक्ष तोयानाथ सारु थापा, गेझा स्वास्थ्य चौकीका प्रमुख विक्रम भण्डारी र चालकलाई प्रदान गरिएको थियो ।
एम्बुलेन्स हस्तान्तरण गर्दै नगर प्रमुख थापाले नगरबासीको स्वास्थ्य प्रति नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । स्वास्थ्य समस्या भएको वेला उपचारका लागि अस्पताल सम्म पुग्न सहज होस भन्ने उद्देश्यले एम्बुलेन्स सेवा प्रदान गर्नका लागि एम्बुलेन्स हस्तान्तरण गरेको उल्लेख गर्नुभयो ।
साथै नगरका हरेक नागरिकलाई सहज र सर्वसुलभ रुपमा अस्पताल सम्म पुग्ने वातावरण बनाउन नगरपालिका प्रतिबद्ध भएर लागेको बताउनुभयो । साथै आगामी दिनमा आवश्यक वडा र स्वास्थ्य संस्थाहरुलाई पनि एम्बुलेन्स वितरण गरिने जानकारी दिनुभयो ।
नगर प्रमुख थापाले एम्बुलेन्स प्रदान गर्दै सही रुपमा व्यवस्थापन गरी सेवा प्रदान गर्न आग्रह गर्नुभयो । कार्यक्रमको सञ्चालन रामपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले गर्नु भएको हो ।
प्रकाशित मिति: मंगलबार, असोज २, २०८० ०७:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय