पाल्पा - जिल्लाको माथागढी गाउँपालिकाले कृषिलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा कृषि क्षेत्रमा १ करोड २८ लाख ७४ हजारको काम गर्ने जनाएको छ । यो कुल पुँजीगत बजेटको २ दशमलव २ प्रतिशत बजेट कृषिमा विनियोजन भएको छ ।
यस आर्थिक वर्षमा गाउँपालिकाले हाटबजार निर्माण तथा संचालनका लागि ५ लाख, उत्पादनमा आधारित कृषि अनुदान कार्यक्रमका लागि ३० लाख, माटो परीक्षण शिविर तथा प्लान्ट क्लिनिक संचालनका लागि २ लाख रुपैयाँ बजेट विनियोजन गरेको कृषि शाखा प्रमुख गौतम थापाले बताउनुभयो ।
यसका साथै प्रदेशतर्फ कृषि उपज सकंलन केन्द्र निर्माणका लागि १५ लाख बाली कटानी तथा रिपोटिंगका लागि ५० हजार विनियोजन भएको छ । यस्तै संघतर्फ च्याउ पकेट कार्यक्रमका लागि ६ लाख दुइ हजार, किसान सूचीकरण कार्यक्रमका लागि २ लाख ४९ हजार, कृषि पशुपक्षी तथा मत्सय तथ्यांक अध्यावधिकका लागि १ लाख, सम्भाव्य उत्पादनको उत्पादकत्व र बजार प्रतिस्पर्धा बढाउनका लागि प्रविधि हस्तान्तरणका लागि १ लाख ४० हजार रहेको गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले बताउनुभयो ।
यससंगै तरकारी पकेट निरन्तरता कार्यक्रमका लागि ४ लाख ९८ हजार, उन्नत बीउ वितरकलाई प्रोत्साहन अनुदान १ लाख, सूचना प्रकाशन तथा उन्नत बीउ उपयोग अनुगमन निरीक्षणका लागि १ लाख ५० हजार, खाद्यान्न बालीको उन्नत बीउ उपयोगमा अनुदानमा ८ लाख २५ हजार विनियोजन भएको अध्यक्ष चिदीको भनाइ छ ।
यसका साथै यस वर्षका लागि स्थानीय ट्राइकोडरमा प्रवद्र्धन तथा विस्तारका लागि ३ लाख, बाली बीमा अनुदान कार्यक्रमका लागि ३ लाख, माटो सुधार कार्यक्रमका लागि ४ लाख, एक गाउँ एक उत्पादन तरकारी कार्यक्रमका लागि ३ लाख, एक गाउँ एक कार्यक्रम आलुका लागि ४ लाख, एक गाउँ एक उत्पादन धनियाँका लागि ३ लाख, एक गाउँ एक उत्पादन कार्यक्रम ड्रागन फ्रुट/किवीका लागि २ लाख, एक गाउँ एक उत्पादन कार्यक्रम खुर्सानीका लागि ४ लाख, व्यवसायिक फूल खेती प्रोत्साहन कार्यक्रमका लागि १ लाख, रासायनिक विषादी तथा सुक्ष्मतत्व खरिदका लागि ३ लाख, एजोला बीउ अनुदान कार्यक्रमका लागि २ लाख रुपैयाँ बजेट रहेको शाखा प्रमुख थापाले बताउनुभयो ।
हिउँदे तरकारी बीउविजन अनुुदानका लागि ३ लाख, मागमा आधारित कृषि तालिमका लागि २ लाख, फलफूल क्षेत्र विस्तार कार्यक्रमका लागि ३ लाख, लहरेबाली तरकारी बीउविजन अनुदानका लागि ३ लाख, च्याउ बीउ अनुदान कार्यक्रमका लागि २ लाख, धैचा बीउ अनुदान कार्यक्रमका लागि १ लाख बजेट छ ।
यस्तै हर्मटिक बोरा अनुदानका लागि २ लाख, कृषि बुकलेट प्रकाशन तथा वितरणका लागि १ लाख, प्लास्टिक टनेल मल्चिंग अनुदान कार्यक्रमका लागि १० लाख, कृषि पशु प्राविधिक चौमासिक रिपोटिंग तथा समीक्षाका लागि ६० हजार, कृषि प्रदर्शनी तथा अनुसन्धान कार्यक्रमका लागि १ लाख, अगुवा कृषक तथा कृषि प्राविधिक गोष्ठीका लागि ५० हजार, उत्कृष्ट कृषक सम्मान कार्यक्रमका लागि ५० हजार, कृषि दिवस विशेष कार्यक्रमका लागि १ लाख, कृषि उत्पादन लेवलिंग अनुदानमा २ लाख बजेट विनियोजन भएको कृषि शाखा प्रमुख थापाको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, असोज १, २०८० १०:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय