Erani Mahal
माथागढीले किसानलाई उत्पादनमा आधारित प्रोत्साहन रकम दिने !
matha
पाल्पा - जिल्लाको माथागढी गाउपालिकाले किसानलाई उत्पादनमा आधारित प्रोत्साहन अनुदान दिने भएको छ । बुधवार बसेको गाउँ कार्यपालिका बैठकले किसानका लागि समुह सहकारी मार्फत बेचबिखन गरेका कृषि उपजहरुमा उत्पादनमा आधारित थप प्रोत्साहन अनुदान दिने निणर्य गरेको गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले रानीमहललाई बताउनुभयो । चिदीका अनुसार किसानलाई कृषि र पशुपालनतर्फ थप प्रोत्साहन गर्ने उद्देश्यले उत्पादनमा आधारित नगद अनुदानको कार्यक्रम ल्याइएको बताउनुभयो । उहाँले उत्पादनमा आधारित प्रोत्साहन अनुदानले किसानले आफूले जति धेरै उत्पादन गर्यो उतिधेरै प्रतिफल प्राप्त गर्ने भएपछि उत्पादन समेत बढ्ने विश्वास लिइएको छ । वडा नं १ चिदीपानीका वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक राजकुमार पन्थीका अनुसार कार्यपालिकाले मासु बाख्रा लोकल कुखुरामा प्रतिकेजी रु २५, पाडा/बङ्गुर प्रतिकिलो १५, दुधमा ५ प्रति लि, तरकारी /फलफुल प्रतिकिलाे ५, अदुवा बेसार मसलाजन्य उत्पादनमा प्रतिकिलो ५ रुपैया उत्पादनमा अनुदान दिने निणर्य भएको रानीमहललाइ बताउनुभयो । उहाँले गाउँगाउँसम्म पनि व्यवसायिक उत्पादन बढाउन समेत यस्तो अनुदानले सहयोग गर्ने बताउनुभयो । पन्थीले गाउँपालिका भित्र सबैले ब्यवसायिक उत्पान बढाउनको लागि अब प्रोत्साह अनुदान उत्पादनको आधारित भएपछि कोही पनि मारमा नपर्ने रानीमहललाइ बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  ०७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update