Erani Mahal
पाल्पामा डेङ्गुसँगै स्क्रब टाइफसका बिरामी बढ्दै
corona-aspatal-palpa
पाल्पा – पाल्पामा डेङ्गुसँगै स्क्रब टाइफसका बिरामीको सङ्ख्या बढेको छ । पछिल्लो दिनमा दैनिक ८ देखि १० जनामा डेङ्गु सङ्क्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका अनुसार भदौ महिनामा मात्र ११० बढीलाई डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । यस्तै स्क्रब टाइफसको बिरामीको सङ्ख्या समेत हरेक दिन बढ्दो अवस्थामा रहेको छ । जिल्लाका विभिन्न अस्पतालमा ११९ जना बढी बिरामी स्क्रब टाइफसका बिरामी देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । डेङ्गुभन्दा ३० गुणा बढी मृत्युदर बढी हुने स्क्रब टाइफसका बिरामी पाल्पा दिनप्रतिदिन बढ्दै गएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले बताउनुभयो । पाल्पाका सबै स्थानीय तहमा स्क्रब टाइफसका बिरामी भेटिएका उहाँले जानकारी दिनुभयो । स्क्रब टाइफसबाट जोगिन खेतवारीमा काम गर्दा, वनजङ्गल÷झाडीमा जाँदा वा घाँस काट्न जाँदा शरीर ढाकिने कपडा लगाउनुपर्ने डा. गिरीले बताउनुभयो । स्क्रब टाइफस सार्ने माइटको टोकाइबाट स्क्रब टाइफस हुने उहाँको भनाई छ । शरीरलाई खुल्ला राखेर झाडी तथा वनजङ्गलमा जान नहुने स्वास्थ्यकर्मीको भनाई छ । यो रोग लागेमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने, माइट किराले टोकेको स्थानमा रातो हुने र दाग बस्ने हुन्छ । स्क्रब टाइफसका कारण पछिल्लो केही वर्षयता पाल्पामा मृत्यु हुने क्रम बढेको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  २०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update