पाल्पा – पाल्पाको रामपुर गेझाबाट अबैध काठ बरामद गरिएको छ । प्रहरीले रामपुर नगरपालिका–१०, गेझा बर्दलेस्थित फर्निचरबाट अबैध सालका काठ बरामद गरेको हो ।
गेझाका स्थानीय बासिन्दा लिला गाहाले सञ्चालन गरेको फर्निचरमा अबैध ९५ क्वीबफिट सालको काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सन्तोष चन्दले बताउनुभयो ।
बरामद भएको काठ डिभिजन वन कार्यालय पाल्पामा आवश्यक कारबाहीका लागि पठाइएको छ । अबैध सालका काठ ओसारपोसार तथा कारोबार बारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८० २०:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय