Erani Mahal
पाल्पाबाट 'समाचारघर' साप्ताहिक पत्रिका प्रकाशन
paper
तानसेन - १३ वर्षअघि पाल्पा आवाज पाक्षिक पत्रिकालाई स्तरउन्नति गरी 'समाचारघर' साप्ताहिक पत्रिका प्रकाशन गरिएकाे छ । पाक्षिक पत्रिकाकाे नाम परिवर्तन गरेर साप्ताहिक रूपमा समाचारघर पत्रिका प्रकाशन सुरू भएकाे हाे । साे पत्रिकाकाे मंगलबार बिमाेचन गर्नुहुँदै जिल्ला समन्वय समितिकी उपप्रमुख काशिका ज्ञवालीगैरेले पाल्पाकाे पत्रकारिता क्षेत्रलाई माथि उठाउन पत्रिकाले भूमिका खेल्ने बताउनुभयाे । अहिले समयअनुसार पत्रपत्रिका पढ्ने प्रचलन हटेपछि विषयवस्तुका कारण याे पत्रिका पाठककाे प्रिय बन्ने बताउनुभयाे । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखिराम रानाले पत्रकारिता क्षेत्रमा अन्य पत्रिकाहरु बन्द गर्ने अवस्थामा रहेको भएपनि नयाँ उर्जाका साथ समाचारघर साप्ताहिक पत्रिका सुरु गर्नु सकारात्मक भएकाे बताउनुभयाे । उहाँले पत्रिका पुन प्रकाशन हुनु पाल्पाकाे पत्रकारिता क्षेत्रका लागि खुसीको कुरा भएको बताउनुभयो । पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष एवं तानसेन ९ का वडाअध्यक्ष राजेशकुमार अर्यालले पत्रकारिता क्षेत्र पैसा तन्त्रको भक्ति र शक्तिको मुखपत्र बन्न लागेकाे सचेत रहनुपर्ने बताउनुभयाे । अर्यालले समाचारघर साप्ताहिक विकृतिको भण्डाफोर गर्न सफल रहनुपर्नेमा जाेड दिनुभयाे । कार्यक्रममा लेखक गोपाल बस्यालले पत्रिकाले समाजमा नभनिएका, नलेखिएका र नसुनिएका विषयबस्तु उठान गर्नुपर्ने बताउनुभयो । कार्यक्रम कमलराज तिमिल्सिनाकाे अध्यक्षता, दयाराज न्याैपानेकाे संचालन र सुदर्शन पाण्डेयकाे स्वागतमा सम्पन्न भएकाे हाे ।
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  २०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update