Erani Mahal
पाल्पामा पूर्वखोला स्वास्थ्य क्षेत्रको उत्कृष्ठ पालिका
378073776_987447982516008_4607977312022864220_n
पाल्पा – पाल्पाका दश वटा पालिकामध्ये पूर्वखोला स्वास्थ्य क्षेत्रमा उत्कृष्ठ पालिका बनेको छ । स्वास्थ्य कार्यालय पाल्पाले विभिन्न २५ वटा सूचकाङ्क बनाएर गरेको मुल्याङ्कनमा पूर्वखोला पहिलो बनेको हो । पूर्वखोलाले कुल १०० अङ्कमा ८३ दशमलब ८१ अङ्क ल्याएर पहिलो बनेको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले बताउनुभयो । यस्तै ८३ दशमलब ५२ अङ्कसहित निस्दी गाउँपालिका दोस्रो र ८३ दशमलब १९ अङ्कसहित रैनादेवी छहरा गाउँपालिका तेस्रो बनेको छ । पालिकाका स्वास्थ्य शाखा, स्वास्थ्य केन्द्र तथा पालिकाले सेवाग्रहीलाई दिएका स्वास्थ्य सम्बन्धी सेवाको आधारमा मुल्याङ्कन गरिएको मुल्याङ्कन टोलीका संयोजक डा. गिरीले बताउनुभयो । जिल्लामा काम गर्ने स्वास्थ्य शाखा तथा पालिकालाई थप उत्कृष्ठ काम गरुन् भनेर उत्प्रेरणा दिन उत्कृष्ठ घोषित गरिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. गिरीले बताउनुभयो । पाल्पामा दश वटा पालिकाका स्वास्थ्य शाखाहरूले ७२ भन्दा बढी अङ्क प्राप्त गरेको उहाँले बताउनुभयो । उत्कृष्ठ हुने पालिकाका स्वास्थ्य शाखा प्रमुखहरूलाई मंगलबार एक कार्यक्रमका बीच लुम्विनी प्रदेश सभाका सदस्य वीरबहादुर रानाले प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । उहाँले जनतालाई केन्द्रमा राखेर सबै कर्मचारीले सेवा गर्न सकेमात्र परिवर्तन संस्थागत हुने धारणा राख्नुभयो । उहाँले उच्च मनोबलको कर्मचारीले मात्र जनताले खोजेजस्तो सेवा दिन सक्ने भएकाले कर्मचारीलाई कामको आधारमा पुरस्कृत गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय अधिकारी जनार्दन अधिकारी, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम राना, पूर्वखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकाल, तिनाउ स्वास्थ्य शाखाका प्रमुख कृष्ण कार्कीलगायतले धारणा राखन्ुभएको थियो । कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका अधिकृत लेखनाथ अर्याल र कार्यालय सहयाेगी टिकाबहादुर भाटलाइ सम्मान गरिएकाे थियाे । कार्यक्रम स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. गिरीको अध्यक्षता, सूचना अधिकारी टिकाराम अधिकारीको संचालनमा भएको थियो । यसैबीच स्वास्थ्य कार्यालय पाल्पाले आव २०७९/०८० को वार्षिक प्रगति समीक्षा गरेको छ । कार्यालयले आगामी आव २०८०/०८१ को पनि नयाँ योजना बनाएको जनाएको छ । पाल्पाका दश वटा स्थानीय तहका स्वास्थ्य शाखाको गत वर्षको प्रगति समीक्षा र चालु आवको स्वास्थ्यतर्फको नयाँ कार्ययोजना बनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  २०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update