पाल्पा – जिल्लाका स्थानीय तहमा कार्यरत कर्मचारीहरुले ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले देशभरका स्थानीय तह मार्फत सामान्य प्रशासन मन्त्रालयलाई ज्ञापन पत्र बुझाएका हुन् । यसै विचमा माथागढी गाउँपालिका पाल्पामा कार्यरत कर्मचारीहरुले समेत ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
प्रशासनिक संरचनामा संघीय निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय सेवा भन्ने विभेदकारी नीति निर्माण गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभेद गरेको उनीहरुको भनाई छ ।
मन्त्रालयले निजामती दिवश मनाउने भनी यस गाउँपालिकालाई पत्राचार गरेको हुँदा स्थानीय तहमा कार्यरत कर्मचारीहरुको सेवा सुविधा, वृत्ति विकासको सुनिश्चितता नभएको र प्रस्तावित निजामती सेवा ऐनको मस्यौदामा स्थानीय तहका कर्मचारीहरुलाई निजामती परिभाषामा नसमेटिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
निजामती दिवशको दिन भाद्र २२ गते विरोध स्वरूप कालोपट्टी बाँधी विरोध जनाउने र स्थानीय कर्मचारीको सेवा सुविधा सम्बन्धी व्यवस्था नभए सम्म निजामती सेवा दिवस नमनाउने निर्णयका साथै सम्बन्धित निकायको ध्यानाकर्षण सहित ८ बुँदे ज्ञापन पत्र बुझाएको माथागढी गाउँपालिकाका अधिकृत नित्यानन्द खनालले रानीमहललाई जानकारी दिनुभयो ।
हेर्नुहोस माग पत्र ः
१. संघीय निजामती सेवा ऐन नभई एकिकत निजामती सेवा ऐन ल्याउनु पर्ने ।
२. सेवा समूहको आधारमा सरकारी सेवाको प्रवेशद्वार स्थानीय सेवामा मात्र हुनु पर्ने ।
३. सरुवा प्रणालीलाई सहमतीका आधारमा नभई अनुमानयोग्य चक्रिय प्रणालीमा आधारित हुनु पर्ने
४. अन्तर प्रदेश सरुवाको व्यवस्था संघीय ऐनमाने खुलाउनु पर्ने ।
५. निजामती अस्पतालमा उपचारका लागि सबै सरकारी कर्मचारीहरुलाई समेट्नु पर्ने ।
६. संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरुको सेवा सुविधा वृत्ति विकास सम्बन्धमा विभेद नभई
समान हुनुपर्ने ।
७. प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको हुनुपर्ने ।
८. स्थानीय सेवामा कार्यरत कर्मचारीहरुको पूर्ण सुरक्षाको प्रत्याभुति हुनुपर्ने ।
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८० १५:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय