Erani Mahal
पाल्पामा बाल्टिनको पानीमा डुबेर बालिकाको मृत्यु
balti
पाल्पा - पाल्पाको बगनासकाली गाउँपालिका १ बस्ने एक वर्षीय बालिकाको बाल्टिनको पानी डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय पाल्पाका अनुसार मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका २ घर भई बगनासकाली गाउँपालिका १ चिलाङ्दीमा डेरा गरी बस्ने अनन्त शारुकी छोरी अंशिका सारु रहेकी छन् । सारुको आफ्नै डेरा कोठाको बाथरुममा भरी राखेको बाल्टिनको पानीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको हो । बाल्टिनको पानी डुबेर अशक्त भएकी उनको मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update