Erani Mahal
राप्रपा पाल्पाले बुझायो सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र
370804881_320213560559244_3981770483415232705_n
पाल्पा – जिल्ला प्रशासन कार्यालय पाल्पा मार्फत राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । देशभर राष्ट्रिय जनावर गाईको हत्या भइरहेको सामाजिक संजालमा धार्मिक सहिष्णुता विगार्ने गरी अभिव्यक्ति दिएको भन्दै त्यसलाई रोक्न प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउन राप्रपा पाल्पाका नेता डुलबहादुर कुँवरको नेतृत्वमा नेताहरु जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए । उहाँले संविधानले बर्जित गरेको क्रियाकलाप हुँदा समेत सरकार रमिते बनेकोले अहिले ज्ञापन पत्र बुझाइएको र पछि यस्तै अवस्था रहेमा आन्दोलन समेत गर्ने चेतावनी दिनुभयो । ज्ञापन पत्र बुझ्दै पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले आफूले सम्बन्धित निकायमा पत्र पठाउने बताउँदै कानूनको उलंघन कसैले गर्न नहुने बताउनुभयो । हेर्नुहाेस ज्ञापन पत्र ।
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update