पाल्पा – जिल्लाको रिब्दीकोट गाउँपालिकाले १५ जना फरक क्षमता अपांगता भएका नागरिकलाई परिचयपत्र वितरण गरेको छ । रिब्दीकोट स्वास्थ्य शाखाले गाउँपालिका भरिका विभिन्न स्थानका १५ जनालाई परक क्षमता परिचयपत्र वितरण गरेको हो । गाउँपालिकाका फरक क्षमता भएका नागरिकहरु मध्ये रातो ६ जना, निलो ३ जना, पहेलो ५ जना र सेतो १ जना गरि जम्मा १५ जनालाई फरकक्षमता परिचयपत्र वितरण गरेको स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले फरक क्षमता भएका नागरिकहरुको सुविधाका लागि परिचयपत्र वितरण गरेको बताउनुभयो । गाउँपालिकाले फरक क्षमता भएका नागरिकहरुलाई प्राथमिकता दिएर काम गरेको अध्यक्ष कार्कीले बताउनुभयो
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८० १८:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय