पाल्पा– तानसेन नगरपालिकाले घरटहरा भत्काईएको दरबार परिसर व्यवस्थित गर्ने काम सुरु गरेको छ । नगरपालिकाले घरटहरा भत्काईएको क्षेत्रमा ढुंगा छाप्ने काम गर्न लागेको हो ।
तानसेन नगरपालिकाले गत बैशाख ६ गते पाल्पा दरबार परिसरका ५७ घरटहरा भत्काउने र हटाउने कार्य सम्पन्न गरेको थियो । तानसेन नगरपालिकाको वडा नं. ३ र ४ को क्षेत्र पर्ने दरबार, सडक र सित्तलपाटी क्षेत्रमा ढुंगा छाप्ने कामका लागि ठेक्का सुरु भएको नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले जानकारी दिनुभयो ।
ढुंगा छाप्ने काम गर्न ए.वि. विल्डर्स ग्रुप एण्ड सप्लायर्स काठमाण्डौले ४१ लाख ६९ हजार ६ सय ४३ रुपैंया ३७ पैसामा यही असार ९ गते सम्झौता गरेको छ । ठेकेदार कम्पनीले सम्झौता अनुसार २०८० मंसिर ३० गते सम्म काम सम्पन्न गरिसक्नुपर्ने छ । ८८/३३ घनमिटर ढुंगा सोलिङ र ३३/६४ घनमिटर पिपिसी गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
यसबाहेक दरबार परिसर व्यवस्थापनको लागि भित्ता, मुल ढोका र भित्र पार्किङको लागि ठेक्का खोल्ने प्रक्रिया अघि बढेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो । तानसेन नगरपालिकाले दरबार परिसरका घरटहरा हटाएपछी लामो समय सम्म त्यसको व्यवस्थापन नगरेको भन्दै स्थानीयले गुनासो गरेका थिए ।
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८० १८:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय