पाल्पा – जिल्लाको माथागढी गाउँपालिका–२, सपाङ्दीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सोमबार बेलुकी ५ बजेतिर बाँसटारी–झडेवा सडकखण्डको झडेवाबाट रुप्सेतर्फ आइरहेको लु ४ त ६६३२ नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी माथागढी–२, दोहोरा बस्ने ३८ वर्षका बेदप्रसाद भुसालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भुसालको तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको प्रहरीका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
यस्तै उक्त दुर्घटनामा माथागढी रुप्सेका नरध्वज सारु, सरोज सारु, गीपबहादुर सारु, गोविन्द बहादुर थापा र टोपबहादुर सारु घाइते हुनुभएको छ । घाइतेहरूको लुम्विनी मेडिकल कलेजमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८० ०६:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय