पाल्पा – मानवीय सहायता दिवसको अवसर पारेर कोरोना महामारी तथा विपद्का क्षेत्रमा काम गर्ने तीन जना व्यक्तिहरूलाई सम्मान गरिएको छ । नेपाल परिवार नियोजन सङ्घ पाल्पा शाखाले कोरोना महामारी तथा लामो समयदेखि विपद्का क्षेत्रमा काम गर्ने तीन जना व्यक्तिलाइसम्मान गरेको हो ।
सङ्घले नेपाल रेडक्रस सोसाइटी पाल्पाका पूर्व सभापति बुद्धिप्रसाद शर्मा, तानसेनस्थित मिसन अस्पतालका निर्देशक डा. रचेल कारख र शसत्र प्रहरी बलका निरीक्षक उमेश ढकाललाई सम्मान गरेको हो ।
कोरोना महामारीका समयमा कोरोना महामारीबाट प्रभावित मानिसहरूलाई राहत तथा उद्दारमा नेतृत्वदायी भूमिका निर्वाह गरेको सङ्घका सभापति शुसिल शाक्यले बताउनुभयो । यस्तै जिल्लाका विभिन्न स्थानमा घट्ने विपद्का घटनामा मानिसलाई विभिन्न तवरबाट सहयोग गर्ने संस्था र व्यक्तिलाई सम्मान गरिएको शाखा प्रवन्धक सोबाकान्त न्यौपानेले बताउनुभयो ।
यस्तो सम्मानले विपद् न्युनीकरण तथा विपद्पछि राहत र उद्दारका क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई हौसला प्रदान गर्ने पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताउनुभयो ।
विपद्का बेला जुनसुकै मानिसले विनासर्त अत्यावश्यक सहयोग पाउनुपर्ने प्रजिअ बास्तोलाले बताउनुभयो । कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले महामारी न्युनीकरण सबै मानिसको सहयोग आवश्यक रहनेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम राना, सम्मानित व्यक्तिहरू बुद्धिप्रसाद शर्मा, डा. रेचल कारख, उमेश ढकाललगायतले बोल्नुभएको थियो । कार्यक्रम संघका सभापति शुसिल शाक्यको अध्यक्षता, कोषाध्यक्ष माधव अर्यालको धन्यवाद ज्ञापन तथा कमल बस्यालको सञ्चालनमा सम्पन्नभएको हो । कार्यक्रममा शाखा प्रवन्धक न्यौपानेले विश्व मानवीय सहायता दिवसको बारेमा चर्चा गर्नुभएको थियो ।
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८० १७:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय