Erani Mahal
बजार अनुगमन : तानसेनका सात वटा पसललाई जरिवाना
bajar anugaman
पाल्पा – सदरमुकाम तानसेनका सात वटा पसललाई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले तानसेनका सात वटा पसललाई कारबाही गरेको हो । अखाद्य बस्तु बिक्री गरेका र मापदण्ड अनुसार पसल सञ्चालन नगरेका खाद्य बस्तु बिक्री गर्ने पसललाई प्रशासनले कारबाही गरेको जनाएको छ । आइतबार तानसेनमा गरिएको बजार अनुगमनका क्रममा अखाद्य बस्तु बिक्री गरेको, लेवलिङ् नगरिएका सामग्री बिक्री गरेको तथा तौलमा ठगी गरेको भेटिएको थियो । अनुगमनका क्रममा कमजोरी भेटिएका सात वटा पसललाई पाँच हजार रुपियाँ जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले जानकारी दिनुभयो । आइतबार तानसेनको मख्खनटोल, सिल्खानटोल, टक्सारटोल, बिशालबजारलगायतका क्षेत्रमा बजार अनुगमन गरिएको थियो । प्रशासनले उपभोक्ता संरक्षण ऐन–२०७५ अनुसार कमजोरी गर्ने पसलहरूलाई कारबाही गरेको जनाएको छ । अनुगमनका क्रममा भेटिएको म्याद नाघेका अखाद्य बस्तु जफत गरिएको छ । अनुगमन टोलीले चार हजार पाँच सय रुपियाँ बराबरको सामान जफत गरेको जनाएको छ । जिल्ला प्रशासन कार्यालयले तानसेनलगायत विभिन्न स्थानमा बजार अनुगमनलाई तीव्रता दिइएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रतिनिधि मनोज घिमिरेले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update