Erani Mahal
माथागढीले डेङ्गु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन
d
पाल्पा - जिल्लाको माथागढी गाउँपालिकाले डेङ्गु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गरेकाे छ । गाउँपालिकाकाे स्वास्थ्य शाखाले डेङ्गु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गरेको छ । पछिल्लो समय पाल्पाका विभिन्न स्थानमा डेङ्गु संक्रमण फैलँदै गएको अवस्थामा गाउँपालिकाको स्वास्थ्य शाखाले खोज र नष्ट गर अभियान सञ्चालन गरेको हो । स्वास्थ्य शाखाले हरेक हप्ताको शुक्रवार १० बजे देखि १०.३० बजे सम्म डेंगु रोग नियन्त्रणका लागि खोज र नस्ट गर अभियान सञ्चालन गर्दै आएको स्वास्थ्य शाखा प्रमुख केशव जिसीले बताउनुभयो । माथागढी गाउँपालिकाका प्रवक्ता शंकर दर्लामीको नेतृत्वमा परिसर सरसफाई तथा सचेतना कार्यक्रम समेत सञ्चालन गरेको शाखाले जनाएको छ । डेङ्गु ज्वरो लामखुट्टेबाट सर्ने रोग हो जुन विश्वको ट्रपिकल तथा सब ट्रपिकल क्षेत्रमा देखा पर्दछ । डेङ्गुको सङ्क्रमण हरेक वर्ष विश्वभर लाखौँको सङ्ख्यामा हुने गरेको छ । डेङ्गु ज्वरो दक्षिणपूर्वी एसिया, पश्चिमी प्रशान्त महासागरीय टापुहरू, ल्याटिन अमेरिका र अफ्रिकामा सबैभन्दा बढी पाइन्छ । तर यो रोग युरोप र संयुक्त राज्य अमेरिकाको दक्षिणी भागहरूमा पनि फैलिरहेको छ । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका प्रवक्ता शंकर दर्लामीले महामारीकाे रुपमा बढ्दै गइरहेकाे डेंगु र भाइरल रुपमा फैलिएकाे आँखा पाक्ने राेग विरुद्ध सबै सचेत भएमा यसकाे राेकथाममा सहयाेग पुग्ने बताउनुभयाे । उहाँले पालिकाकाे अभियानलाइ सबैले घरघरमा समेत लागु गरेमा यस्ता राेगहरुबाट बँच्न र बचाउन सकिने बताउनुभयाे । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत नित्यानन्द खनाल शिक्षा सहायक अमृत अधिकारी कृषि शाखा प्रमुख गाैतम थापा पशु विकास शाखाका विक्रम गरंजा सूचना प्रविधि अधिकृत दिल बहादुर थापा प्रशासन सहायक जितु ढेगा लगायतका शाखाका कर्मचारीहरुकाे सहभागिता रहेकाे थियाे ।
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  २०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update