Erani Mahal
माथागढी गाउँपालिकाले घरघरमै स्वास्थ्य सेवा दिदै
IMG_5421-696x440
पाल्पा – माथागढी गाउँपालिकाले घरघरमै स्वास्थ्य सेवा दिने गरेको छ । गाउँपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि घरघरमा गइ स्वास्थ्य सेवा दिने गरेको हो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव जिसीका अनुसार स्वास्थ्य चौकी सम्म जान नसक्ने नागरिकहरुको घरघरमै गई स्वास्थ्य परिक्षण र औषधी वितरण गरिँदै आएको बताउनुभयो । मधुमेह, रक्तचापलगायत स्वास्थ्य परीक्षण हुने जिसीले बताउनुभयो । उहाँका अनुसार परीक्षणका क्रममा अन्य समस्या देखिएमा उपचारका लागि समन्वय गर्नुका साथै आवश्यक औषधिहरु निःशुल्क वितरण गरिन्छ । पालिका अध्यक्ष यम बहादुर चिदीले ज्येष्ठ नागरिकलाई स्वास्थ्य उपचारमा सहज बनाउने उद्देश्यले घरमै गएर सेवा दिनुका साथै थप उपचार आवश्यक परेमा नगर अस्पतालसँग समन्वय गरि उपचारको व्यवस्था गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “आवश्यक परेमा माथिल्लो अस्पतालमा उपचारका लागि समन्वय र सहजीकरण गर्छौं ।” औषधि उपचारको अभाव कसैलाई नहोस् भनेर यो अभियान सञ्चालन गरिएको पालिका उपाध्यक्ष विष्णुमाया लुङ्चेले बताउनुभयो । माथागढी गाउँपालिकाले अघिल्लो बर्ष ५० लाख रुपैंया आन्तरिक आय तर्फबाट थप ५ स्थानमा सामुदायिक स्वास्थ्य ईकाई स्थापना गरेको थियो । स्वास्थ्य ईकाई स्थापना गरेपछी अहिले सबै वडाका नागरिकलाई उपचारका लागि सहज भएको छ । भौगोलिक हिसाबले अप्ठेरो भएकाले नागरिकहरुलाई अझ धेरै सुविधा उपलब्ध गराउन नसकेपनि पालिकाको क्षमताले भ्याएसम्म कोसिस गरेको पालिका अध्यक्ष चिदीले बताउनुभयो । यसभन्दा अघि ६ घण्टा सम्म लगाएर बिरामीहरु उपचारका लागि स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता थियो । सामुदायिक स्वास्थ्य ईकाई स्थापना भएपछी बिरामीहरुको उपचार गर्न आउने समय छोट्टिएको छ । माथागढी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवै यसभन्दा अघि स्वास्थ्यकर्मी भएकाले पनि स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकतामा राखेर काम गरेको स्थानीयले महसुस गरेका छन् । विजयकुमार बौडेलबाट ।
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update