पाल्पा – रोटरी क्लव अफ पाल्पा लुम्बिनीले रोटरी वर्ष २०२३—०२४ का लागि रमेश न्यौपानेलाई अध्यक्षमा चयनगरी, छैठौं पदास्थापन एक कार्यक्रमका साथ सम्पन्न गरेको छ । समाजिक क्षेत्रमा कार्य गर्ने उध्येश्यले स्वार्थ भन्दा माथि सेवा भन्ने मुल मन्त्रका साथ लागि परेको यस क्लवले छैठौ वर्षमा प्रवेश गर्दागर्दै आफ्ना कार्ययोजना अनुसार कार्य सम्पादन गर्न कटिवद्ध रहेको र आगामि दिनमा यस क्लवले अघि सारेका समाजिक कार्यलाई निरन्त्ररताका साथ थप कार्यहरु क्रमशः पूरा गराउन लागि पर्ने क्लवका रोटरी वर्ष २३ ÷२४ का पे्रसिडेन्ट रो. रमेश न्यौपानेले ब्यक्त गर्नु भयो ।
क्लवले अगि सारेका योजनाहरुलाई समयमानै सम्पन्न गराउनका लागि डिश्ट्रिकबाट आवश्यक सहयोग गर्ने प्रतिवद्ध रहेको रोटरी वर्ष २३/२४ का डि.जी. राजेन्द्र प्रसाद ध्योजु,डि.जि.एन. बिनोद कोइरालाले राख्नुभयो । क्लवले गरेका समाजिक कार्यलाई जनता समक्ष पू¥याउन तथा अहिले वर्तमान समयमा अधिकतम व्यक्तिहरुले समाजिक संन्जाल बारे जानकारी राख्ने हुदा संचारको अधिकतम प्रयोग गर्नु भई जानकारी दिनुपर्ने डिस्ट्रिक पव्लिक चिएर राजकुमार गुप्ता तथा ए.जि. सुरज क्षेत्रिले शुभकामना मन्तव्यमा जोड्नुभएको थियो ।
समाजिक क्षेत्रमा लागेका सहयोगी मनहरुलाई एक सुत्रमा बाँधि सामाजिक रुपन्त्ररणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने, भन्ने क्लवका चार्टर पे्रसिडेन्ट रो. गोपाल बहादुर पोखरेलले शुभकामना मन्तव्यमा राख्नुभयो । सानो सानो सहयोगबाट पनि एकबद्ध रहि ठुलो कार्य गर्न सकिने र विभिन्न क्षेत्रमा रहेका समसामयिक चुनौति तथा अवसरलाई आ—आफ्नो ठाउँबाट सहयोगि मनलाई हातेमालो गरि क्लवले अघि सारेका कार्ययोजनालाई पूरा गर्न सकिने विश्वास क्लवका पास्ट पे्रसिडेन्ट एवम तानसेन नगरपालिकाका मेयर रो. सन्तोष लाल श्रेष्ठ तथा इमिडियट पास्ट पे्रसिडेन्ट खडग बहादुर जिरेलले मन्तव्यको क्रममा जोड्नुभयो । रोटरी वर्ष २२/२३ का अध्यक्ष खडग बहादुर जिरेलले आफनो कार्यकालमा क्लवको कार्य योजनारुप कार्य सम्पादन गर्न सहयोग पू¥याउने सम्पुर्ण सहयोगि मनहरुलाई धन्यवाद दिदै सम्पूर्ण क्लब पदाधिकारीहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।
विशिष्ट अतिथिको रुपमा रहनुभएका रोटरी वर्ष २३÷२४ का डि.जी. राजेन्द्र प्रसाद ध्योजुले,क्लवले छोटो समयमानै धेरै सामाजिकक्षेत्रमा सरहानिय कार्य गरेको र आगामी समयमा पनि क्लवको योजना अनुसार समयमानै कार्य सम्पादन गर्न शुभकामना दिनुभयो । रिजन ५ जोइन्ट सेक्रेटरी कृष्ण पाण्डेले क्लवको उत्तर—उत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो । रोटरी क्लव अफ पाल्पाका पे्रसिडेन्ट तथा तानसेन नगरपालिकाका प्रवक्ता यादव सिङ कार्कीले क्लबले गरेका क्रियाकलवबाट सामाजमा परिवर्तनको लहर आइसकेको कुरामा जोड दिनुभयो ।
रोटरी क्लव अफ पाल्पा लुम्बिनीका पे्रसिडेन्ट इलेक्ट तथा कार्यक्रम संयोजक ,ता.न.पा ७ का वडा अध्यक्ष समेत रहनुभएका रो. प्रदिप खनालले क्लवले गरेका कार्यक्रमहरु अत्यन्तै प्रभावकारी एवं जनतामुखि रहेको साथै वडा स्तरिय कार्यक्रममा क्लव संग हातेमालो गरि कार्य गर्न कठिवद्ध रहेको जानकारी गराउनुभयो । रोट¥याक क्लव अफ पाल्पा लुम्बिनीका पे्रसिडेन्ट अभिशेक शाहले रोटरी क्लवले धेरै कुराहरु सिकाएको र सिक्ने अवसर प्रदान गरेको कुरा राख्नु भयो । रोटरी क्लव अफ पाल्पा लुम्बिनीका सर्भिस प्रोजेक्ट डाइरेक्टर शिखा पहारीले पे्रसिडेन्ट रो. रमेश न्यौपानेको बायोडाटा प्रस्तुत गर्नुभएको थियो ।
रोटरी क्लव अफ पाल्पा लुम्बिनीका पे्रसिडेन्ट नोमिनी रो. लक्ष्मण कोइरालाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा, लुम्बिनी मेडिकल कलेजका भाइस प्रिन्सिपल डा. रुवन राज जोशी, क्लवका पास्ट प्रेसिडेन्ट रो. निर्दोश खनाल,ए.जी. कृष्ण रावल लगाएत रोट¥याक क्लब अफ पाल्पा लुम्बिनी तथा रोटरी क्लव अफ पाल्पा लुम्बिनीका पदाधिकारीहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रम, क्लवका सचिव रो.मुक्तिराम भुसालले कार्यक्रम संचालन गर्नुभएकोे, क्लब पब्लिक इमेजका डाइरेक्टर भक्तिराम न्यौपानेले जानकारी गराउनुभयो ।
प्रकाशित मिति: आइतबार, साउन २८, २०८० १८:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय