पाल्पा - इरानीमहल अनलाइनलाइनका शुभचिन्तक एवम् श्रीनगर एफ.एम प्रा.लि तानसेन पाल्पाका स्टेशन म्यानेज देव पचभैयालाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ स्व किसन राई (मरणोपरान्त) पुरस्कारबाट सम्मान गरेको छ ।
शनिबार फोनिजको स्थापना दिवसका अवसरमा विराटनगरमा आयोजित एक कार्यक्रमकाबीच पत्रकार पचभैंयालाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले नगद र सम्मानपत्र प्रदान गरेका गर्नुभएको हो ।
यस्तै फोनिज राष्ट्रिय पत्रकारिता सम्मान २०८० बाट दिलीप थापा मगरलाई पुरस्कृत गरिएको छ । त्यस्तै ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८०’ बाट काठमाडौँबाट प्रकाशित हुँदै आएको ‘नेपाल भाषा टाइम्स दैनिक’ लाई प्रदान गरिएको छ ।
पचभैया विगत लामो समयदेखि पाल्पाबाट सक्रिय पत्रकारको चिनिदै आउनुभएको छ उहाँ उज्यालोका पाल्पा संवाददाता तथा फ्लास नेपाल अनलाईन खबरका सम्पादक पनि हुनुहुन्छ ।
फोनिजले पचभैंयासहित दोलखाका जीवन लामा र कैलालीका उन्नति चौधरीलाई पुरस्कृत गरेको हो ।
प्रकाशित मिति: आइतबार, साउन २८, २०८० ०६:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय