पाल्पा - रम्भा गाउँपालिकाले गत आर्थिक वर्षको वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा गत वर्षमा उपलक्धी भएका कार्यहरुको बारेमा जानकारी गराउनुका साथै गाउँपालिको समग्र विकासका लागि सञ्चालित योजना तथा कार्यक्रम समयमै सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँले गत वर्षजस्तै यस चालु आर्थिक वर्षमा पनि सम्पूर्ण जनप्रतिनिधी, राजनितीक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार, शिक्षक , रम्भा गाउँपालिकाका सबै कर्मचारीहरु, गाउँपालिकास्तरिय बाल क्लब तथा आम नागरिकलाई सकारात्मक सहयोगको लागि अनुरोध गर्नुभयो । उहाँले गाउँपालिकाको विकास नै आफ्नो पहिलो प्राथमिकता भएको बताउदै सबैको सुझाव अनुसार काम अगाडि बढाउने बताउनुभयो ।
समीक्षा कार्यक्रममा अवसरमा गाउँपालिका कार्यरत कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८० १९:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय