पाल्पा – जिल्लाको बन्दिपोखरा हान्गादीमा जन्म भएका घिमिरेहरुको संस्था पाल्पा हानगादी घिमिरे सम्पर्क समाज रुपन्देहीले वृक्षारोपण कार्यक्रम गरेको छ ।
बुधवार हान्गादीमा एक कार्यक्रम गरी सयौंको संख्यामा वृक्षा रोपण गरिएको हो । वृक्षारोपण कार्यक्रममा हानगादीमा जन्म भएर रुपन्देहीका विभिन्न स्थानमा बसोवास गर्ने घिमिरे बन्धुहरुको सहभागिता रहेको थियो ।
वृक्षारोपणमा चिउरी, बकाइनो, तेजपत्ता, सुगन्धकोकिला लगायतका बहुवर्षे तथा फलफूल र अन्य प्रजातीका विरुवाहरु रोपण गरिएको समाजका सदस्य तथा कार्यक्रम संयोजक दिपक घिमिरेले रानीमहललाई बताउनुभयो । उहाँले आफ्नो जन्मगाउँमा केही गरौं भन्ने भावका साथ वृक्षारोपण गरिएको बताउनुभयो । उहाँले वृक्षारोपणबाट वातावरण संरक्षणसँगै पानीको मुहान संरक्षणमा समेत टेवा पुग्ने बताउनुभयो ।
पाल्पा हानगादी साँखर सल्लेरी सामुदायिक वन क्षेत्रमा ४ सय विरुवा रोपिएको हो । कार्यक्रममा समाजका अध्यक्ष वरुण प्रसाद घिमिरे, उपाध्यक्ष जनकराज घिमिरे, सचिव जीवन घिमिरे, कोषाध्यक्ष दीपक घिमिरे, सदस्य ऋषिराम घिमिरे, नारायण घिमिरे, लेखा समिति सदस्य नारायण प्रसाद घिमिरे, लेखा सदस्य शंकर घिमिरे सहितको टोलीले वृक्षा रोपण गरेको हो ।
कार्यक्रमको संचालन सहसचिव जीवन घिमिरेले गर्नुभएको थियो । समाजले भू संरक्षण दिवशको अवसरमा वृक्षा रोपाण गरेको पूर्व वडा अध्यक्ष दामोदर घिमिरेले जानकारी दिनुभयो । वृक्षारोपणमा चिउरी २ सय, बकाइनो ५०, तेजपत्ता ५०, सुगन्धकोकिला १ सय गरी चार सय विरुवा रोपिएको हो । उहाँले आगामि दिनमा अन्य वहुवर्षे विरुवाहरु समेत रोपण गर्ने योजना रहेको रानीमहललाई बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, साउन २४, २०८० १८:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय