पाल्पा -पाल्पामा डेङ्गु सङ्क्रमित महिलाकाे मृत्यु भएकाे छ । डेङ्गु संक्रमित तानसेन-६, बर्तुङ्की ६९ वर्षीया महिलाकाे मृत्यु भएकाे स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ ।
तानसेनस्थित मिसन अस्पतालमा उपचारकाे क्रममा साउन २१ गते साँझ मृत्यु भएकाे हाे ।
मृतक महिलामा एकसाताअघि डेङ्गु संक्रमणकाे पुष्टि भएकाे मिसन अस्पतालले जनाएकाे छ । पाल्पामा पछिल्लाे समय डेङ्गु संक्रमण बढ्दै गएकाे छ ।
पछिल्लाे एक महिनायता पाल्पामा १५ भन्दा बढी मानिसमा डेङ्गु संक्रमण देखिएकाे स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराइले जानकारी दिनुभयाे ।
प्रकाशित मिति: सोमबार, साउन २२, २०८० १६:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय