पाल्पा - नदीजन्य पदार्थ चाेरी निकासीमा पाल्पाकाे बगनासकाली गाउँपालिका वडा नं. ६ का अध्यक्षलाई जरिवाना गरिएकाे छ । बगनासकाली गाउँपालिकाले ६ नं. वडाका वडाध्यक्ष लक्ष्मी प्रसाद अधिकारीलाई दुई लाख १० हजार जरिवाना गरिएकाे हाे ।
यम्घा दर्पुकको मचेटाघाटबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गरेको भन्दै पालिकाले जरिवाना गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो ।वडाध्यक्ष अधिकारीलाई अवैध रुपमा बन्द रहेको घाटबाट ढुंगा, गिट्टी, बालुवा चोरी निकासी गरी ४२ टेक्टर नदीजन्य पदार्थ दर्पुक क्षेत्रको विभिन्न तीन स्थानमा डम्पीङ गरी राखेको पाइएकोले प्रतिटेक्टर ५ हजारका दरले हुन आउने रकम दुई लाख दश हजार रुपैयाँ जरिवाना गर्ने निर्णय भएको अध्यक्ष चिदीले बताउनुभयाे ।
[caption id="attachment_13075" align="alignnone" width="768"] फाइल तस्वीर[/caption]
गाउँपालिकाले आर्थिक ऐन २०७९ को दफा नं. २५ अनुसार जरिवाना गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएकाे छ । गाउँपालिकाले लुम्बिनी प्रदेश सरकारको बजेट मार्फत सहरी विकास तथा भवन कार्यालय मातहतबाट ठेक्का भएको दर्पुक बस्ती क्षेत्रको नाली तथा सडक स्तरोन्नतिको योजनामा समेत पारिलेक कन्स्ट्रक्सनलाइ जरिवाना गरेकाे छ । उसले
७५ हजार जरिवाना तिर्नुपर्नेछ ।
कार्यपालिका बैठकले जरिवाना गर्ने निर्णय अनुसार जरिवाना बुझाउन गाउँपालिकाले साउन ५ गते वडाध्यक्ष अधिकारी र निर्माण व्यवसायीलाई पत्राचार गरेको छ ।
प्रकाशित मिति: सोमबार, साउन १५, २०८० १४:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय