Erani Mahal
पाल्पाका नयाँ पर्यटकीय स्थलकाे पहिचान गर्न पदयात्रा
padyatra palpa
पाल्पा - पर्यटकलाई नयाँ गन्तव्यसम्म पु¥याउन ‘पदयात्रा’ सुरु गरिएको छ । जिल्लाको विभिन्न स्थानका नयाँ पर्यटकीय स्थलको पहिचान गरेर त्यहाँसम्म पर्यटकलाइ पु-याउन पदयात्रा सुरू गरिएकाे हाे । प्रचारमा नआएपनि पर्यटकलाई आकर्षित गर्न सम्भावना बोकेका स्थलसम्म जिल्लाका पर्यटक व्यवसायीलाई पदयात्रामा सहभागी बनाइएको छ । हरेक साताको एक दिन पर्यटन व्यवसायी नै पदयात्रा गर्दै नयाँ गन्तव्यस्थानमा पुगेर त्यहाँको पर्यटन सम्भावना र अवसरका बारेमा जानकार हुनेछन् । यसले पाल्पामा आएका पर्यटकलाई जिल्लाको नयाँ पर्यटकीय गन्तव्य चिनाउन तथा प्रचारप्रसारमा सहयोग पुग्ने नेपाल एशोसिएसन टुर्स एण्ड ट्राभल्स (नाटा) पाल्पाका अध्यक्ष राजिवकुमार शाहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पदयात्रामा पाल्पामा पर्यटन व्यवसायी, सरोकारवाला, तथा प्रचारप्रसारको कार्य गरेका मानिसहरूको सहभागिता रहेको छ ।’याे कार्यलाइ निरन्तरता दिने उहाँले बताउनुभयाे ।
प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update