पाल्पा – गएरातिदेखि अबरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । वर्षात्का कारण तिनाउ–३, रामापिथेकस नजिकै सुरुङ् निर्माण भइरहेकोमाथिबाट खसेको पहिरोले पुरिएर अबरुद्ध सडक एकतर्फी खुलाइएको हो ।
सडक खुलाउन दुई वटा स्काभेटरसहितका उपकरण प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताउनुभयो । सडक एकतर्फी रुपमा सञ्चालन भएपछि जाम नहुने गरी सवारीसाधन आवतजावत सहज बनाइएको उहाँले बताउनुभयो ।
माथिबाट पहिरो खस्न नरोकिएकाले पूर्ण रुपमा सडक खुलाउन भने समय लाग्ने प्रहरीले जनाएको छ । सडक खुलेपछि यात्रुहरू गन्तव्यतर्फ लागेका छन् ।
प्रकाशित मिति: आइतबार, साउन १४, २०८० १३:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय