पाल्पा - सिद्धार्थ राजमार्गमा पहिरो खसेपछि सडक अबरुद्ध बनेको छ । तिनाउ–३, रामापिथेकस पार्क नजिकै सुरुङ् मार्गको उत्तरतर्फको ढोका बनाइएको स्थानमा पहिरो खसेको हो ।
पहिरोले आइतबार बिहानैदेखि सडक अबरुद्ध बनेको प्रहरीले जनाएको छ ।
सुरुङ् मार्गको निर्माण गर्न बनाइएको ढोका माथिबाट ठूलो पहिरो खसेको स्थानीय टंक बस्यालले जानकारी दिनुभयो ।
पहिरोले राजमार्ग अबरुद्ध बनेको र खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । पहिरोले सुरुङ् मार्ग निर्माणका लागि बनाइएको केही संरचनामा समेत क्षति पुगेको भने सडकमा सवारीसाधन अलपत्र बनेका छन् ।
प्रकाशित मिति: आइतबार, साउन १४, २०८० ०८:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय